प्रहरी महानिरीक्षक सर्वेन्द्रको विवादास्पद धन्दा !

सरकार समेत असन्तुष्ट, सर्वेन्द्रको गतिविधीको सुक्ष्म निगरानी

सफल खबर संवाददाता

शुक्रबार, १३ भदौ २०७६, १० : ११
प्रहरी महानिरीक्षक सर्वेन्द्रको विवादास्पद धन्दा !

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अहिले एकपछि अर्काे गरी विवादमा तानिन थालेका छन् । प्रहरी महानिरीक्षक भएपछि खनाल कार्यसम्पादनमा कमजोर देखिएका मात्र छैनन्, सामान्य घटनाहरुको अनुसन्धान प्रक्रियालाई समेत उनले पार लगाउन सकिरहेका छैनन् ।

तालकुदार मन्त्रालय (गृह मन्त्रालय) सँगको समन्वयमा भन्दा पनि उनी आफैले सरकारलाई समेत जानकारी नदिई कतिपय योजना बनाएर प्रहरी संगठन परिचालन गर्न खोज्दा सरकार समेत बेला–बेला अप्ठायारोमा पर्दै जान थालेको छ ।

निर्मला हत्याकाण्ड देखि रवि लामछिाने प्रकरणसम्म आईपुग्दा उनी आफै राजनीतिक दलका नेताजस्तै भाषणवाजी गर्दै जिल्ला जिल्लामा हिड्न थालेका छन् ।

गत चैत ७ गते उनले थाइल्यान्डको वँैककमा भएको वहुपक्षिय आर्थिक तथा प्राविधिक सहयोगका लागि वंगालको खाडी राष्टहरुको प्रयास (विमस्टेक) राष्ट्रका सुरक्षा प्रमुखहरुको बैठकमा नेपालको परराष्ट नीति उल्लंघन गदै भारतीय सुरक्षा सल्लाहकार अजित डोभलको प्रस्तावलाई नेपाल सरकारको अनुमति बिनै आफै समर्थन जनाएर फर्केका थिए ।

क्षेत्रीय मञ्चबाट भारतीय रणनीतिलाई समर्थन जनाएर फर्केपछि सरकार समेत आईजिपि खनालसँग झस्केको थियो । यो विषयमा परराष्ट्रले नेपाल सरकारको त्यस्तो धारणा नरहेको भन्दै प्रष्टिकरण नै दिनु परेको थियो ।

यत्ति मात्रै होइन, आजीजिप खनालले सरकारलाई अन्य विषयमा पनि अप्ठायारोमा पार्दै आएका छन् । सर्लाहीमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल हत्याकाण्डमा पनि खनाल स्वयं जोडिएका छन् । गृहमन्त्रालयसँग कुनै सहकार्य र समन्वय नै नगरी आईजिपि खनालले आफै सँग रहेका इन्स्पेक्टर कृष्णदेव सिंहलाई परिचालन गरेर पौडेलको हत्याकाण्ड मच्चाएका थिए ।

शुरुमा पक्राउ परेका पौडेललाई गिरफ्तारपछि हत्या गरिदिएर सरकारविरुद्धको जनमत सिर्जना गर्ने काममा महानिरीक्षक खनाल आफै मुछिए पछि यो काण्डमा पनि उनी विवादमा तानिएका थिए । गहृमन्त्रीलाई थाहै नदिई काठमाडौंवाट आफैसँग रहने इन्सपेक्टरकै नेतृत्वमा घुमुवा टोली पठाएर पौडेलको हत्याकाण्ड मच्चाएका थिए ।

यो काण्डपछि प्रतिपक्षी कांग्रेस लगायतले सरकारको कडा आलोचना गरेको थियो । संसद बैठक समेत २८ दिनसम्म कांग्रेसले अवरुद्ध पार्ने काम गरेको थियो । स्वयं सरकारकै नेतृत्व गरिरहेको दलका कतिपय सांसदले समेत घटना रहस्यमय भएको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रहरी स्रोत भन्छ्, –‘अहिले पनि आईजिपी खनालले तराईका जिल्लाहरुमा सिधै केन्द्रबाट घुमुवा पठाईरहेका छन् । यस्ता घुमुवा टोलीले तराईका क्षेत्रवाट उठन्ती धन्दा चलाईरहेका छन् । ’

तत्कालिन नेकपाका नेतृत्वलाई प्रभावमा पारेर प्रहरी महानिरीक्षक पद उछिट्याउन सफल भएका खनाल त्यसपछि भने नेकपाका नेताहरु भन्दा पनि कांग्रेसका नेताहरुसँग बढी हिमचिममा रहन थालेका छन् । उनले प्रहरीको सरुवा बढुवामा पनि कांग्रेसीकरण गरेको आरोप प्रहरी संगठन भित्र लागेको छ ।

‘हरेक जिल्लामा प्रहरीको सरुवा बढुवा गर्दा उहाँको पहिलो प्राथमिकता कांग्रेसीकरण गर्नेमै हुन थालेको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले सफलखबरसँग भन्यो, –‘कांग्रेस निकट प्रहरी, कांग्रेस नेताहरुले दिएका नाममा आईजिपि सावले आखाँ चिम्लेर काम गर्ने गर्नुभएको छ । सरुवा –बढुवामा कांग्रेस निकटकालाई काखी च्याप्ने काम भईरहेको छ ।’

त्यसो त उनी अहिले प्रहरी महानिरीक्षक भन्दा पनि राजनीतिक दलका नेता जस्ता पनि देखिन थालेका छन । कतिपय स्थानमा उनले दलका नेताहरुले झै भाषण दिदै हिडेका छन् ।  चितवन प्रहरीको हिरासतमा अनुसन्धानमा रहँदा उनले रवि लामिछानेलाई हिरासत पुगेरै भेटेपछि पनि उनी विवादमा परेका थिए । यद्यपी लामिछानेलाई चितवन अदालतले ५ लाख धरौटीमा अहिले तारेखमा छोडेको छ ।

राजनीतिक दलका नेता जस्तो प्रहरी अनुसन्धानमा रहेका ब्यक्तिलाई त्यो पनि काठमाडौं बाहिर पुगेर भेटेको भन्दै प्रहरी संगठनका पूर्व अधिकृतहरुले उनको आलोचना गरेका थिए ।

सरकारले प्रतिबन्ध लगाएका विप्लवकै केन्द्रीय सदस्यलाई समेत उनले भेट्दै हिडेका थिए । यो भेटघाट पनि उनले अहिलेसम्म सम्बन्धित मन्त्रालय, मन्त्रीहरुलाई गुपचुप राखिरहेका छन् । प्रहरी प्रधान कार्यालयले आफु मतहात बनाएको भवन, रासनपानी , जुत्ताको ठेक्का लगायतमा पनि उनले आर्थिक लाभहानीलाई प्राथमिकतामा राख्ने गरेको आरोप प्रहरी संगठन भित्रै लाग्न थालेको छ ।

एकपछि अर्काे विवादास्पद घटनामा जोडिदै जान थालेपछि सरकारले उनको कार्यशैलीमाथी निगरानी गरिरहेको समेत बताइन्छ ।

प्रतिक्रिया दिनुहोस