सेनाका २ कर्णेल र २२ जर्नेलको एकैपटक काजसरुवा (सूचिसहित)

सफल खबर संवाददाता

शुक्रबार, १३ भदौ २०७६, ०७ : ३७
सेनाका २ कर्णेल र २२ जर्नेलको एकैपटक काजसरुवा (सूचिसहित)

काठमाडौं । नेपाली सेनाले सैनिक सचिव सहित २ कर्णेल र २२ जर्नेलहरुको एकैपटक काजसरुवा गरेको छ । उनीहरुको काज सरुवाको फाइल प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरिसकेका छन् ।

सरुवा हुनेमा सैनिक सचिव सहायकरथी निर्मल थापा समेत परेका छन् । सेनामा शक्तिशाली विभागका रुपमा रहने सैनिक विभागमा जान सेनाभित्रै निक्कै दौडधुप चल्ने गर्छ ।

सैनिक सचिवमा थापाको साटो अहिले सहायकरथी विनय विक्रम राणाले जिम्मेवारी पाएका छन् ।  दुई जना महासेनानी अनुपजंग थापा बाहिनीपति २८ बाहिनी र भुपालमान अधिकारी, अनुसन्धान र विस्तार निर्देशनालयमा सरुवा भएका छन् ।

को कहाँ भए सरुवा ?

काज सरुवा भएका महासेनानीहरु :

१) अनुपजंग थापा, बाहिनीपति २८ बाहिनी

२) भुपालमान अधिकारी, अनुसन्धान र विस्तार निर्देशनालय

सहायकरथीहरुमा :

१) गोकुल भण्डारी, पश्चिम पृतना हेडक्वार्टर

२) संजय थापा, निर्देशक, विपत व्यवस्थापन निर्देशनालय

३) निरमानसिंह गुरुङ्ग, चिफ अफ स्टाफ मध्य पुर्वी पृतना

४) विनयविक्रम राणा, सैनिक सचिव विभाग

५) बावुराम श्रेष्ठ, चिफ अफ स्टाफ उत्तर पुर्वी पृतना

६) सन्तोष कुमार ढकाल, शिक्षाधिकृत सैनिक प्रतिष्ठान

७) सहदेव खड्का, निर्देशक युद्धकार्य निर्देशनालय

८) हिमांशु खड्का, सह महानिर्देशक, सै.ता.तथा ड.म.नि.

९) सुरेश कुमार बानियाँ, बाहिनीपति ४ बाहिनी

१०) प्रदिपजंग केसी, निर्देशक, वेबृ तथा समारोह निर्देशनालय

११) पंकज कार्की, बाहिनीपति २७ बाहिनी

१२) योगराज शर्मा, चिफ अफ स्टाफ पुर्वी पृतना

१३) सुरेन्द्रसिंह रावल,  चिफ अफ स्टाफ सुदुरपश्चिम पृतना

१४) सागर ब.थापा, बाहिनीपति ३ बाहिनी

१५) आश ब.तामाङ, बाहिनीपति २१ बाहिनी

१६) कृष्णप्रसाद सापकोटा, बाहिनीपति १८ बाहिनी

१७) गणेश कुमार श्रेष्ठ, बाहिनीपति ९ बाहिनी

१८) विष्णु रावत, सह शिक्षाध्यक्ष सै.क तथा स्टाफ कलेज

१९) निरज पौडेल, निर्देशक, सैनिक सामाग्री प्राप्ती निर्देशनालय

२०) जित बहादुर गुरुङ्ग, निर्देशक राष्ट्रिय सेवा दल

२१) अशोक सिग्देल, निरिक्षणधिकृतको कार्यालय

२२) पवनराज घिमिरे, बाहिनीपति  २३ बाहिनी 

प्रतिक्रिया दिनुहोस