भिडियो कन्फरेन्स मार्फत क्याविनेट बैठकवारे बोल्यो प्रधानमन्त्रीको सचिवालय

‘सूचना पुर्णतः सुरक्षित रहन्छ । अनावश्यक भ्रम नफैलाऊ’

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, ११ : ३५
भिडियो कन्फरेन्स मार्फत क्याविनेट बैठकवारे बोल्यो प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधनमन्त्री केपी ओलीले कार्यसम्पादन नियमावली संसोधन गदै पहिलोपटक सिंगापुरवाट भिडियो कन्फरेन्स मार्फत क्याविनेट बैठक सञ्चालन गरेपछि गोपनियताको प्रश्न उठेपछि प्रधानमन्त्रीको निजी सचिवालयले यस वारेमा मुख खोलेको छ ।

प्रतिपक्षी कांग्रेस लगायत राजनीतिक दलले त्यसरी सञ्चालन गरिने क्याविनेट वैठकले राष्टको सुरक्षा सम्वेदनशीलता देखि गोपनियता समेत लिक हुन सक्ने भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्रीको नीजि सचिवालयले मुख खोलेको हो ।

सचिवालयका तर्फवाट प्रधानमन्त्रीका आइटी विज्ञ अलि अस्गरले सामाजिक सन्जालमा यस वारेमा लेख्दै कुनै गोपनियता भंग नहुने धारणा सार्वजनकि गरेका हुन । TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको भन्दै उनले यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network)  प्रयोग गरेको जानकारी गराएका छन् ।

एनले आफुहरुले प्रयोग गरेको प्रविध विस्वस्थ रहेको र पूर्ण सुरक्षित रहेको जिकिर समेत गरेका छन । सुरक्षा गोपनियताको आचारसंहिताका कारण धेरै यो विषयमा जानकारी दिन नमिल्ने भन्दै प्रधानमन्त्रीका आइटी विज्ञ असगरले सामान्य सुरषा कवजमा वसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील वैठक गर्न कोही नेपालीले आट गर्न नसक्ने भन्दै ढुक्क रहन आग्रह गरेका छन् ।

उनले यस वारेमा लेखेको सार्वजनकि स्टाटस यस्तो छ :
हिजो TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ ।

यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network)  प्रयोग गरेका छौं ।

सम्मानीयज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrpyt हुन्छ । Encrypted data  अयिगम मा जान्छ । Cloud बाट af6 TP Server (Tele Presence) ले उक्त मबतब ग्रहण गर्छ । त्यसपछि पुनः  decrypt  हुन्छ र अन्तिममा Action Room काठमाडौँमा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णतः सुरक्षित रहन्छ ।

सुरक्षा गोपनियताको आचारसम्हिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आंट गर्न सक्दैन । यसलाई सामन्य skype call, facebook live, youtube streaming  जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस