विप्लवका उपत्यका इन्चार्जमा नविन !

धादिङ हेर्ने गरी नविन र ललितपुर–भक्तपुर हेर्नेगरी आजादले पाए जिम्मेवारी

सफल खबर संवाददाता

बुधबार, ११ भदौ २०७६, ०७ : ११
विप्लवका उपत्यका इन्चार्जमा नविन !

काठमाडौं । उपत्यकाको जिम्मेवारीमा रहेका एक पछि अर्काे नेता पक्राउ परेर क्षति ब्यहोरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले उपत्यका हेर्ने गरी नयाँ नेतालाई जिम्मेवारी दिएको छ ।

एक बिश्वस्त सुत्रका अनुसार उपत्यकाको जिम्मा लिने गरी पार्टीका दुई नेतालाइृ विप्लवको पार्टीले अगाडी सारेको छ । उपत्यका ब्यूरो अन्र्तगतको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र रसुवा हेर्ने गरी कुनै नेतालाई जिम्मा दिने भन्दा पनि टुक्राएर जिम्मा दिने गरी नेताहरु परिचालन गरेको छ ।

मध्यकमाण्डको कार्यालय बैठकले त्यस्तो निर्णय गरेको नेकपाका एक केन्द्रीय सदस्यले सफलखबरलाई वताए ।

जसअनुसार उपत्यकाको काठमाडौं र भक्तपुर हेर्ने गरी नविन विश्वकर्मा (हितमान)लाई जिम्मा दिईएको छ । त्यस्तै ललितपुर र भक्तपुर हेर्ने गरी आजाद केसीले जिम्मा पाएका छन् ।

यस अगाडी उपत्यका ब्यूरो अन्तर्गत पर्ने यी ६ जिल्लाको नेतृत्वमा माइला लामा थिए । लामा पक्राउ परेपछि केही समय कामचलाउका रुपमा अर्का नेतृ धिरेन्द्रा उपाध्यायले पनि यो जिम्मा पाएकी थिइन् । तर उनको पनि गिरफ्तारीपछि विप्लवको पार्टीले नविन विक र आजाद केसीलाई अगाडी सारेको हो ।

यी दुवै नेता प्रवक्ता समेत रहेका प्रकाण्ड निकट नेता हुन् । पार्टीको खास जिम्मेवारीमा प्रकाण्डले आफु निकट नेताहरुलाई जिम्मेवारी दिदै आएका छन् । त्यही क्रममा विक र केसीले जिम्मेवारी पाएको विप्लवको पार्टीमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस