वास्तविकता सार्वजनिक गर्न लाग्दा मलाई प्रहरीले समात्यो : रवि लामिछाने

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, १८ : १२
वास्तविकता सार्वजनिक गर्न लाग्दा मलाई प्रहरीले समात्यो : रवि लामिछाने

चितवन । आत्महत्या दुरुत्साहन मुद्दाबाट धरौटीमा रिहा भएका टेलिभिजनकर्मी रवि लामिछानेले  वास्तविकता सार्वजनिक गर्न लाग्दा प्रहरीको नियन्त्रणमा लिएको बताउनु भएको छ । शालिकराम पुडासैनी आत्महत्याको बास्तविकता सार्वजनिक गर्न लागेको वेला प्रहरीले आफूलाई नियन्त्रणमा लिएको बताउनु भएको छ ।

चितवन जिल्ला अदालतबाट हिजो साँझ रिहा भएका लामिछानेले आज नारायणगढको नदी किनारमा आयोजित धन्यवाद सभामा बोल्दै यस्तो भन्नु भएको हो । उहाले भन्नु भयो ‘पुडासैनी आत्महत्याको विषयमा ३ मिनेटमा आफूले टेलिभिजनको कार्यक्रमबाट सार्वजनिक गरेर प्रष्ट पार्न लागेको कार्य पूरा हुन सकेन त्यही बेला प्रहरीले नियन्त्रणमा लियो ।’
घटनाको वास्तविक अवस्थाको बारेमा अदालतले टुंगो लगाउने भएकाले आफूले धेरै कुरा नबोल्ने उहाँले बताउनुभयो । 
प्रहरी हिरासतमा रहेका बेला बाहिरबाट सहयोग गर्नेलाई धन्यवाद दिनको लागि नारायणगढमा धन्यवाद सभा गरिएको थियो । नारायणी किनारमा धेरै दर्शक थिए । 

प्रतिक्रिया दिनुहोस