चर्को घाममा आयोजकबिनाको "बेवारिसे सभा"

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, १५ : ३५
चर्को घाममा आयोजकबिनाको "बेवारिसे सभा"

चितवन । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहनको अभियोग लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले सम्बोधन गरिरहेको कार्यक्रमको आयोजक को हो भन्ने नै थाहा छैन । धन्यवाद सभा भनिएको यस सभाको आयोजकको नाम ब्यानरमा छैन ।

धन्यवाद सभामा रवि लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले रवि लामिछानेसहित तीनजनालाई पक्राउ गरेको थियो ।

आत्महत्या दुरुत्सानको मुद्दा चलाइएका रवि लामिछानेलाई सोमबार जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भए पनि रविसहित तीनैजनाले थप कानुनी प्रक्रियाको सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस