प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, १३ : ०४
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ ठुलो खरीबोट चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं सिनामंगल बस्ने काभ्रे घर भएका २८ वर्षीय मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका २३ वर्षीय अरुण कुमार जैसवाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा।६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तिमल्सिना र मोटरसाइकलमा सवार जैसवालले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्ने क्रममा उनीहरुले उक्त रकम प्रहरीलाई दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस