गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् । न्यायिक समितिमा आउने हरेक मुद्धा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्धा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ ।
यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ । उनी भन्छिन् सवारीसाधन अभावमा कैयन् काममा पुग्न सकिएको छैन ।
गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी भन्छिन् गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ तर गडी आफ्नै घरमा राख्नुहुन्छ । गाउँपालिकाको एउटा गाडी छ ।
तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन ।, आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १८ माघ २०७४, ०६ : ५९
लेखकबाट थप