विराटनगर । संविधान अनुसार प्रदेश १ मा फागुन ८ गतेभित्र मन्त्रिमण्डल गठन भइसक्नुपर्छ तर दलहरुले आझैसम्म संसदीय दलको बैठक समेत राख्न सकेका छैनन् ।
सरकार गठन गर्नुपर्ने एमाले नेताहरु मुख्यमन्त्रीको दौडमा काठमाडौंमा छन् । आजको कान्तिपुरमा यो खबर छ । समाचारमा लेखिएको छ, उनीहरु नआउँदा प्रादेशिक राजधानीमा खासै राजनीतिक चहलपहल हुन सकेको छेन ।
सपथ खाएर जिल्ला फर्केका प्रदेश सदस्यहरु संसदीय दलको बैठक नबस्दा अन्योलमा छन् । प्रदेशसभा सदस्यहरु निर्वाचित घोषणा भएको ३५ दिनभित्र प्रदेश सरकार गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १८ माघ २०७४, ०६ : ५२
लेखकबाट थप