चितवन । भरतपुरमा एक ब्यक्तिले घाटि रेटी आत्महत्या गरेका छन् । माडि न.पा. ६ स्थायी घर भएका राम बहादुर भुजेलले भरतपुर महानगरपालिका २६ रोदि गाउँ मा रहेको आफ्नो दिदिको घर आएर आत्महत्या गरेका हुन् ।
अन्दाजी ४० बर्षका भुजेल दिदिको घर भेटघाटको लागी आएको बताइएको छ । सनिवार साँझ ४:३० बजेको समयमा घटना भएको जनाइएको छ ।
मृतक भुजेलको श्रीमती , एक छोरा र एक छोरी छन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०७६, २१ : १६
लेखकबाट थप