काठमाडौं । नेपाली मूलका पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको छ। उनी चर्चित योगगुरु रामदेवका निकट सहयोगी समेत हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार उनलाई उपचारका लागि ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।
एम्सले आचार्य बालकृष्णलाई ‘हार्ट अट्याक’ भएको बताएको छ । उनको अवस्थाबारे थप जानकारी गराइएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ भदौ २०७६, १९ : ४७
लेखकबाट थप