विभिन्न पदका लागि नेपाल प्रहरीमा खुल्यो जागिर

शुक्रबार, ०६ भदौ २०७६, ०८ : २९
विभिन्न पदका लागि नेपाल प्रहरीमा खुल्यो जागिर

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको छ।  प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागेको हो। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ। 

१९० जना भान्छे मागेको छ भने हजाम १० जनाको माग छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ। खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ । 

प्रतिक्रिया दिनुहोस