पत्रकार पुडासैनि मृत्यु प्रकरणः पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, ११ : ३८
पत्रकार पुडासैनि मृत्यु प्रकरणः पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

चितवन । पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा पक्राउ परेकामाथि निष्पक्ष छानविन गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ती जारी गरेर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सम्बन्धीत पक्षलाई आग्रह गरेको हो । 

महासंघका महासचिव रमेस विष्टद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘पक्राउ परेका न्युज २४ का पत्रकार रवि लामिछाने, युवराज कंडेल र अस्मीता कार्किमाथी निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दछौँ ।’
महासंघले दोषीलाई कार्बाही र मृतकका परिवारलाई उचित क्षतिपुर्ति उपलव्ध गराउन पनि सम्बन्धीत पक्षसँग माग गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस