पिकअपले ठक्कर दिदा आमाछोरी घाईते

सफल खबर संवाददाता

विहीबार, ३० साउन २०७६, २१ : ५१
पिकअपले ठक्कर दिदा आमाछोरी घाईते

चितवन । पिकअपले ठक्कर दिदा चितवनमा आमा छोरी घाईते भएकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १० का ४५ वार्षीय धनमाया सुनार र उनकि १२ वर्षीय छोरी पुस्पा सुनार घाईते भएका हुन । 
भोजाडबाट भरतपुर तर्फ गईरहेको ना ४ च ७२०४ नम्बरको पिकअपले पैदल हिडीरहेका उनिहरुलाई भरतपुर महानगरपालिका ११ होपचोकमा साँझ ५ बजे ठक्कर दिएको थियो । आमाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 
उनिहरु दुवै जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पिकअप र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस