सिंगापुरमा ओलीको मिर्गौला र रगत परिक्षण, विस्तृत रिपोर्ट आज आउने

सफल खबर संवाददाता

विहीबार, २३ साउन २०७६, ०९ : ०२
सिंगापुरमा ओलीको मिर्गौला र रगत परिक्षण, विस्तृत रिपोर्ट आज आउने

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्य परिक्षणका लागि यतिबेला सिंगापुरमा छन् । सिंगापुरमा उनको सिंगापुरको नेसनल युनिभर्सिटि अस्पताल (एनयुएच)मा स्वास्थ्य परिक्षण गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सोमबार ओलीको मिर्गाैला, रगत आदी परिक्षण गरिएको छ । तर स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्ट आईसकेको छैन ।

ओलीसँगै रहेका मुख्य राजनीतकि सल्लाहकार विष्णु रिमाल र जनसम्र्पक सल्लाहकारले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी सचिवालयका अन्य सदस्यलाई गराएका छन् ।

१८ साउनमा ओली उपचार र आरामका लागि सिंगापुर गएका हुन् । ‘सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीज्युको स्वास्थ्य परीक्षण गराईएको छ, मिगौला र रगतका परिक्षणहरु भएका छन्, तर त्यसको विस्तृत रिपोर्ट आईसकेको छैन भन्ने खबर उताबाट आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भने ।

ओलीको सोमबार गरिएको स्वास्थ्य परिक्षणको विस्तृत रिपोर्ट आज आउने छ । त्यसपछि डाक्टरहरुसँगको थप परामर्श शुरु हुने प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले बताएका छन् ।

ओलीको सिंगापुर जानु अगाडी सैनिक अस्पताल छाउनीमा युएसजी ग्याइडेड रेनल बयोप्सी गरिएको थियो । त्यसक्रममा उनको रगतमा क्रेटिनाइनो मात्रा बढेको र पिसाबबाट प्रोटिन जाने गरेको परिक्षणका क्रममा देखिएको थियो ।

१२ वर्ष अगाडी ओलीको दुबै मिर्गाैला प्रत्यारोपण गरिएको थियो । त्यही मिर्गौला प्रत्यारोपण गरेको लामो समय भएको कारण पनि अहिले ओलीको शरीरमा सुगरको मात्रा घटबढ भईरहेको छ । यही कारण पनि उनी पछिल्ला दिनमा निक्कै थकित देखिदै आएका थिए ।

चिकित्सकहरुसँगको आज हुने परामर्श पछि अवस्था सकारात्मक देखिए ओली भोलि शुक्रबार नै स्वदेश फर्किने उनको नीजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस