चितवन । चितवनको एक होटलमा मृत भेटिएका पत्रकार सालिकराम पुडासैनीको सव पोसमार्टमका लागी काठमाण्डौ लगीने छ । मृतकका परिवारले प्रहरीमा जाहेरी दिएर फर्किएपछि सव पोसमार्टमका लागी काठमाण्डौ लैजाने निष्कर्षमा पुगेका हुन । प्रहरी प्रशासन, होटल व्यवसायी लगायत सरोकारवाला पक्षले घट्नाको निस्पक्ष छानविन गर्ने प्रतिवद्धता जनाएपछि सव २३ घन्टापछि उठाउन परिवार सहमत बनेको थियो ।
पुडासैनी भरतपुर महानगरपालिका १ नारायगढस्थित पोखरा बसपार्कको कंगारु होटलमा सोमवार ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनका परिवारले घट्ना संकास्पद भएको भन्दै ससत्यतथ्य पत्ता नलगाएसम्म सव नबुझ्ने अडान लिएपछि समस्या भएको थियो । प्रहरीले सवको मुचुल्का उठाए पनि परिवारको अडानका कारण २३ घन्टापछि बल्ल सव उठेको हो ।
परिवारका अनुसार सँधै क्यामेरा बोकेर हिड्ने व्याग नभएको, कोठाको भ्mयालबाट सजिलै मान्छे निस्कन मिल्ने, यस अघि पनि विभिन्न धम्की आउनेगरेको थियो । मृतक सालिकरामका दाजु हरि प्रसाद पुडासैनीले प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन माग गरेका छन ।
होटलका सञ्चाल यज्ञ बहादुर कार्किले आफुलाई घट्नाबारे केहि थाहा नभएको बताएका छन । नुवाकोट घर भएका पत्रकार पुडासैनी केहि महिनायता माउन्टेन टिभिमा कार्यरत थिए । यसअघि उनि न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा पनि आवद्ध थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०७६, २० : २६
लेखकबाट थप