राष्ट्र बैंकको सर्कुलरले नबिल र ऐभरेष्ट बैंकले अध्यक्ष गुमाउँदा प्राइमले सिइओ गुमायो

सफल खबर संवाददाता

मंगलबार, २१ साउन २०७६, १८ : ३९
राष्ट्र बैंकको सर्कुलरले नबिल र ऐभरेष्ट बैंकले अध्यक्ष गुमाउँदा प्राइमले सिइओ गुमायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एउटा सर्कुलरले बैंकका सिइओ र सञ्चालकहरुको जागिर नै धरापमा पारेको छ ।
रााष्ट्र बैंकले ६५ वर्ष उमेर पुगेका सिइओ हुन नपाउने र ७० वर्ष उमेर पुगेका सञ्चालक हुन नपाउने व्यवस्था गरेपछि यस्तो अवस्था आएको हो । ६५ वर्ष उमेर हद भएपनि बहालवाला भए ६९ वर्षभन्दा बढी समय सिइओ रहन नपाउने व्यवस्था बैंकले गरेको छ । त्यस्तै ७० वर्ष भन्दा बढी उमेरको व्यक्ति बैंकको अध्यक्ष हुन नपाउने र यदि बहालमा रहेको अवस्था भए ७४ वर्षसम्म रहन सक्नेछन् ।
केही दिन अघि (साउन १७) मा मात्र प्राइम कर्मसियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका ७० वर्ष कटेका नारायणदास मानन्धरको जागिर पनि स्वतः फुस्किएको छ ।
त्यस्तै नबिल बैंकका अध्यक्ष शम्भु पौडेलले पनि स्वत्तः अवकाश पाउने भएका छन् । त्यस्तै ऐभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले पनि अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस