काठमाडौं । एक अध्ययनले विश्वभरका द्वन्द्वमा १४३ खर्ब डलर खर्च भएको देखाएको छ ।
यो विश्वको कुल ग्राहस्थ उत्पादनको १३ प्रतिशत हो । यो तथ्य इन्स्टिच्युट अफ इकोनोमिक्स र पिसको अध्ययनले देखाएको हो ।
यो रकम ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, स्पेन र सयुक्त अधिराज्यको सयुक्त अर्थतन्त्रभन्दा धेरै हो ।
सो वार्षिक रिपोर्टले थपेको छ, “शान्त र अशान्त मुलुकहरुबीचको खाडल झन् झन् गहिरो भइरहेको छ।”
मध्यपूर्व र उत्तर अफ्रिका विश्वको अत्यन्त अस्थिर क्षेत्र रहेको पनि सो रिपोर्टले भनेको छ । यसपछि भने दक्षिण एशिया रहेको छ ।
संस्थाका प्रमुख कार्यकारी स्टीभ किल्लेलिएले बताए अनुसार सबैभन्दा आश्चर्यजनक खोज भनेको असमानता र शान्तीबीचको सम्बन्ध हो ।
उनका अनुसार पश्चिम युरोपका केही देशहरुले ऐतिहासिक स्तरको शान्ति यिनले कायम गरेका कम असमानताको असर हो ।
इराक, सिरिया, नाइजेरिया, दक्षिण सडान र केन्द्रिय अफ्रिकी गणतन्त्र पछिल्ला बर्षहरुमा अझ बढी मात्रामा अस्थिर भएको रिपोर्टमा उल्लेख छ ।
“द्वन्दको खर्चमा ठूलो वृद्धीको कारण आन्तरिक द्वन्द , आन्तरिक रुपमा विस्थापित नागरिक र शहणार्थी सहयोग, सयुक्त राष्ट्रको शान्ती सेनाको खर्च र कुल ग्राहस्थ उत्पादनमा द्वन्दले पार्ने नोक्सानी रहेको छ” रिपोर्टले भनेको छ ।
रिपोर्टले पत्ता लगाएअनुसार यदी विश्वव्यापी हिंसा १० % मा मात्रै झार्ने हो भने यसले विश्वको कुल ग्राहस्थ उत्पादन १४.३ खर्ब डलर बढनेछ जसले विश्वको १.१ अर्ब अति गरिबहरुको आयमा तीन गुणाले बृद्धी गराउँछ । यो रकम भनेको आज धनि राष्ट्रले गरिब राष्ट्रलाई दिइरहेको कुल आधिकारिक सहयोगको दश गुणा हो ।
प्रतिक्रिया दिनुहोस