काठमाडौं । प्रतिपक्षी कांग्रेसमा आगामी महाधिवेशन कहिले गर्ने भन्नेमा नेताहरुका आ–आफ्नै दाबी छन् । संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा पक्ष) अझै कम्तीमा एक वर्ष आफनो कार्यकाल थप गरेर मात्र पार्टीको १४ औं महाधिवेशनमा जाने योजनामा छ । सभापति शेरबहादुर देउवा इतर समुहका नेताहरु भने महाधिवेशन छिटो गर्नुपर्ने र त्यसको क्यालेन्डरको माग गरिरहेका छन् ।
यही बेला पार्टी सदस्यहरुको आधिकारिक अभिलेख केन्द्रीय कार्यालयबाटै गायव बनाईएको तथ्य बाहिरिएको छ ।
क्रियाशिल सदस्य र क्षेत्रिय प्रतिनिधीहरुको आधिकारिक अभिलेख केन्द्रीय कार्यालयबाट गायव भएको खुलासा कांग्रेसकै महामन्त्री पूर्णवहादुर खड्काले पार्टी केन्द्रीय समिति बैठकमै गरेपछि कांग्रेसमा निक्कै ठूलो हलचल मच्चिएको छ ।
स्रोतका अनुसार निर्वाचन क्षेत्रीय प्रतिनिधीहरुको अभिलेख कम्युटराइज गर्नका लागि २०७२ मंसिरमै नेता नरहरी आचार्यको संयोजकत्वमा नेताहरु रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको समिति कांग्रेसले बनाएको थियो । त्यसबेला पार्टी सभापति थिए, दिवंगत नेता पूर्व प्रधानमन्त्री समेत रहेका शुसिल कोइराला ।
यो समितिले कांग्रेसको क्रियाशिल सदस्यहरुको छानविन गर्ने र निर्वाचन क्षेत्रीय प्रतिनिधीहरुको अभिलेख कम्युटराइज गरेर अभिलेखीकरण गर्ने कांग्रेसले जनाएको थियो ।
उक्त समितिले १३ औं महाधिवेशनका अभिलेखहरुको सफ्टवेयर वैज्ञानिक बनाउन प्रशान गुरुङ अध्यक्ष रहेको पीएमजी नाम गरेको कम्पनीलाई जिम्मा लगाएको थियो ।
२०७२ वैशाख १७ गते गुरुङको कम्पनीसँग कांग्रेसको उक्त समितिले अभिलेखीकरण गर्नका लागि सम्झौता गरेको थियो । सम्झौता अनुसार नै पीएमजीलाई कांग्रेसले अभिलेखहरु बुझाएको थियो ।
तर समितिका संयोजक आचार्य १० महिना पछि गम्भिर बिरामी परे, अन्य सदस्यहरुले पीएमजीलाई अभिलेखीकरणका लागि डकुमेन्ट दिएको तर्फ चासो देखाएनन् । २०७२ फागुनमा तेहौं महाधिवेशन भएर नयाँ कार्यसमिति आयो । शुसिल कोइरालाको निधन, सभापतिमा शेरबहादुर देउवाको उदय भएपछि नयाँ कार्यसमितिले अभिलेखीकरणका लागि दिएको डकुमेन्टमा चासो देखाएन ।
अहिले प्रदेश संरचना गठनको बहस का्रग्रेसमा उठेपछि वल्ल ५ वर्षपछि डकुमेन्टको खोजी भयो । तर त्यसबेलै देखि हराएको र कांग्रेस नेतृत्वले चासो नदिएको कारण कांग्रेसको अभिलेखीकरण दस्तावेज गायब भएको रहस्य खुलेको हो ।
अहिले त्यसबेला सम्झौता भएको कम्पनी समेत पनि गायब छ । स्रोतका अनुसार, अभिलेख गायब गरिनु, अभिलेखीकरण गर्नका लागि डकुमेन्ट बुझाएको कम्पनी समेत हराउनुले यस भित्र कतै आर्थिक चलखेल त थिएन भन्ने बहस अहिले कांग्रेस भित्र हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०७६, ०९ : ४०
लेखकबाट थप