चितवन । करोडौँ रुपैँया ठगीको आरोपमा चितवनका एक व्यक्ति पक्राउ परेका छन । पुर्वि चितवनको खैरहनी नगरपालिका वडा न ८ मा रहेको ज्ञान सुधा ईग्ंिलस स्कुलका संचालक रत्ननगर नगरपालिका ३ का ४० वर्षीय राज कुमार दाहाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दाहालले विद्यालयको शेयर सदस्य बनाउँछु भनि करोडौँ रुपैँया ठगि गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका छन । खैरहनी ८ का समिता केसीसँग १ करोड १३ लाख ९५ हजार र सोहि स्थानका रत्नदिप अधिकारीसँग ७ लाख रुपैँया ठगि गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
दाहालले रकम लिएर पनि सेयर सदस्य नबनाएको भन्दै पीडितहरुले संयुक्त रुपमा ठगी कसुरको जाहेरी दिएको प्रहरीले जनाएको छ । दाहालमाथी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०७६, २० : ४४
लेखकबाट थप