लागुऔषधसहित पक्राउ

सोमबार, १५ माघ २०७४, १९ : ५९
लागुऔषधसहित पक्राउ

काठमाडौँ  ।  महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । 

बिहान उदयपुरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७१०० नंको बस जाँच गर्दा १९६ एम्पुल डाइजेपाम, १९७ एम्पुल बुफ्रिनर्फी र २०० एम्पुल नाइट्रोपामसहित सप्तरीका कृष्ण दासलाई पक्राउ गरिएको हो । 

त्यस्तै नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ८९३८ नंकोे बसबाट काठमाडौँ आउँदै गरेका नरबहादुर बुढाका साथबाट नाइट्रोजापाम ९०० ट्याबलेट बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस