काठमाडौं । प्रतिबन्धित नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा (प्रज्वल) पक्राउको विरोधमा आज उसले वाग्मति, नारायणी र जनकपुर अञ्चलको १५ जिल्ला बन्दको कार्यक्रम घोषणा गरेको छ ।
प्रवक्ता खड्कबहादुर विश्वकर्माले ११ साउनमा वक्तब्य दिदै आजका लागि बन्दको कार्यक्रम घोषणा गरेका थिए । लामाले उक्त पार्टीको काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट र रसुवा जिल्ला समेटिएको उपत्यका ब्यूरो इन्चार्ज थिए ।
उनको पक्राउमा विप्लव नेतृत्वको नेकपाले रसुवा, नुवाकोट, धादिङ ,चितवन ,मकवानपुर, बारा ,पर्सा ,रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक रामेछाप र दोलखा जिल्ला बन्दको घोषणा गरेका हुन् ।
वन्दका कारण उपत्यकाका विद्यालयहरु बन्द भएका छन् । विद्यालयले नै विद्यार्थीका अभिभावकलाई विद्यालय बन्दको सूचना पठाएका छन् । राजधानीमा सवारी साधन पनि अन्य सामान्य दिनको भन्दा कम मात्रामा मात्र चलेका छन् । बिहान अलिक कम संख्यामा सवारी साधान गुडेपनि विस्तारै वाक्लिन थालेको टाफ्रिक प्रहरी महाशाखाले जनाएको छ ।
मकवानपुरमा दुई गाडीमा आगजनी
बन्दको पूर्वसन्ध्यामै मकवानपुरमा दुई ओटा गाडीमा आगजानी भएको छ । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् ।
आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताएका छन् । काभ्रेको बनेपा बजार क्षेत्रमा पनि गएराती नै ठूलो आवाजका साथ बम विस्फोट भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०७६, ०७ : ५२
लेखकबाट थप