छ वर्षीया युट्युबरले किनिन् ८० लाख अमेरिकी डलरको घर

एजेन्सी

शनिबार, ११ साउन २०७६, १४ : ०८
छ वर्षीया युट्युबरले किनिन् ८० लाख अमेरिकी डलरको घर

दक्षिण कोरिया । यहाँकी एक ६ वर्षीया युट्युब स्टारले लाखौँ डलर पर्ने  पाँचतले घर खरिद गरेकी छिन् । ३ करोड सब्सक्राइबर भएकी बोरामले अभिभावकद्वारा खडा गरिएको बोराम फेमली कम्पनीमार्फत् सो घर खरिद गरेकी हुन् ।

सियोलको आधुनिक उपनगर गङ्नामस्थित उक्त घरको मूल्य ९ अर्ब ५० करोड कोरियन वन ९८० लाख अमेरिकी डलर० रहेको बताइएको छ ।

बोरामका दुईवटा चर्चित यु ट्युव अकान्टमध्ये उनलाई टोइ रिभ्यू च्यानलमा १ करोड ६० लाखले नियमित हेर्दै आएका छन् भने अर्को भिडियो ब्लग अकाउन्टको प्रयोग गर्नेहरु १ करोड ७६ लाख छन्  ।

बोरमले बनाएका भिडियो क्लिपमध्ये भन्सामा प्लास्टिकको खेलौना प्रयोग गरेर बनाइएको तयारी चाउचाउ र त्यसपछि उत्साहपूर्वक खाइरहेको दृष्यलाई सबैभन्दा बढी हेरिएको थियो । जुन ३७ करोड ६० लाखले हेरेका थिए ।

फोब्र्सका अनुसार अमेरिकाको गत वर्ष सबैभन्दा धेरै आम्दानी गर्ने युट्युवरमा रायन टोइज रिभ्यू का ७ वर्षीय रायन काजी रहेका थिए । सन् २०१८ मा उनले आफ्नो च्यानलबाट लगभग २ करोड २० लाख अमेरिकी डलर कमाएका थिए । उनको च्यानलको २० लाख ८० हजार सब्सक्राइबर रहेका छन् ।

त्यसैगरी पारिवारिक यु ट्युव च्यानल ‘ट्राभ एन्ड कोर’मा देखिएका अर्का ५ वर्षीय अमेरिकन बाल स्टार ट्योडुसलाई ३० लाख १० हजार हेर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस