संसदीय समितिका सभापतिलाई भारतीय दुतावासको निम्तो

सफल खबर संवाददाता

आइतबार, ०५ साउन २०७६, ०९ : ५२
संसदीय समितिका सभापतिलाई भारतीय दुतावासको निम्तो

काठमाडौं । नेपालस्थित भारतीय दुतावासले संघीय संसद अन्र्तगतका संसदीय समितिका सभापतिहरुलाई रात्री भोजको निम्तो गरेको छ । भोलि सोमबार (जुलाई २२) समिति सभापतिहरुलाई राजदुत मञ्जिवसिंह पुरीले आफैले निम्तो गरेका हुन् ।

निम्तोमा आउनका लागि दुतावासले समिति सभापतिहरुलाई मोबाइलमा म्यासेज पठाउने र टेलिफोन गरी कन्र्फम गर्ने काम गरिरहेको छ । साउन ६ गते दिउसो ४ः ३० बजे भारतीय राजदुतको निवास इन्डियन हाउसमा राजदुतले हाइटी दिन लागेकोले उपस्थितीका लागि आग्रह गरिएको सन्देश सबै समिति सभापतिको मोबाइलमा पुगेको छ भने दुतावासका कर्मचारीले फोन गरेर कन्र्फम पनि गरिसकेका छन् ।

यसरी दुतावासको रात्री भोजको निम्तो पाउनेमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तराष्टिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तव, कानुन न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल,  कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल,  राज्य ब्यवस्था तथा सुसासन समिति सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, सार्वजनिक लेखा समिति सभापति भरतकुमार साह, संसदीय विशेष सुनुवाई समिति सभापति लक्ष्मणलाल कर्ण, र राज्यका निर्देशक सिद्धान्त नीति, र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याकंन समिति सभापति निरुदेवी जेरु छन् ।

त्यस्तै राष्टिय सभा तर्फको  दिगो विकास तथा सुसासन समिति तारादेवी भट्ट, विद्यायन ब्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ, प्रत्यायोजित ब्यवस्था तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र  राष्टिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) लाई पनि निम्तो आएको छ ।

केही दिन अगाडी मात्रै यसैगरी दुतावासले प्रतिष्ठित सञ्चारमाध्यमका सम्पादकहरुलाई पनि रात्री भोज दिएको थियो । उक्त भोजमा पत्रकारहरु युवराज घिमिरे, नारायण वाग्ले, हरिबहादुर थापा, कृष्णज्वाला देवकोटा, अनुप काफ्ले, देवप्रकाश त्रिपाठी, डा राजेश अहिराज, प्रकाश रिमाल, शुभशंकर कँडेल, गुणराज लुइृटेल, प्रसान्त अर्याल, श्याम कँडेल, ऋषि धमला, मदन लम्साल, निर्मल गुरुङ, प्रमोद सेढाई लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सिधै राजदुतावासले यसरी संसदीय समितिका सभापतिलाई रात्री भोजका लागि निम्तो गर्ने र आफ्ना कुरा अगाडी सारेर प्रभावित पार्ने उदेश्यले यो कार्यक्रम आयोजना गर्न खोजिएको भन्दै यसको आलोचना पनि शुरु भएको छ । संसदीय समितिका कामहरुलाई प्रभावित पार्नका लागि दुतावासले यसरी रात्री भोजको आयोजना गरेको हुन सक्ने भन्दै आलोचना भएको हो ।

दुतावासले यसरी समिति सभापतिहरुलाई भोज दिने आदी इत्यादी का लागि सरकारसँग कुनै समन्वय गरेको पाइदैन । कुटनीतिक मर्यादा विपरितका यस्ता काम रोक्न सरकार असफल जस्तै देखिएको छ । समिति सभापतिहरु निम्तोमा को –को जान्छन् त्यो भने भोलिनै देखिएला ।

प्रतिक्रिया दिनुहोस