काठमाडौं । वार्ताको अनौपचारिक सम्वादका चर्चा चलिरहेका बेला प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको जनाईएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गरेका छन् । ‘हो उहाँ (माइला लामा) पक्राउ पर्नुभएको छ । उहाँलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको हो । ’
उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । लामा प्रहरीको उपत्यकाभित्र सबैभन्दा बढी खोजी सूचिमा थिए । उनी सरकारी वार्ता टोलीका संयोजक समेत रहेका सोमप्रसाद पाण्डेको समेत सम्र्पकमा थिए ।
राजधानीका विभिन्न बम विस्फोटका घटनामा उनी जोडिदै आएका थिए । विप्लवको उपत्यका ब्यूरोले काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर सहित धादिङ, नुवाकोट र रसुवाको जिम्मेवारी समेत हेर्ने गर्दथ्यो ।
काठमाडौं सीतापाइलाका हुन् लामा । सास्कृतिक फाँटमा निक्कै चर्चित छन लामा । सरकारले विप्लव नेकपालाई वार्तामा ल्याउनका लागि प्रयोग गरेका अनेक सुत्रमध्ये उनी पनि एक थिए । उनलाई सत्तारुढ दल नेकपाकै केही शीर्ष नेताहरुले समेत भेट गरेका थिए । उनको पक्राउ पछि सरकार र विप्लव बीचको वार्ताको वातावरण पछिल्लो चरणमा विश्वासको तहमा जाने भन्दा बिग्रदै जान थालेको अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०७६, ०७ : २३
लेखकबाट थप