जथाभावी बोल्ने पार्टी नेतालाई कारवाहीको ‘डण्डा’ चलाउने देउवाको तयारी

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, ०९ : ११
जथाभावी बोल्ने पार्टी नेतालाई कारवाहीको ‘डण्डा’ चलाउने देउवाको तयारी

काठमाडौं । प्रतिपक्षी काग्रेसमा जथाभावी बोल्न प्रतिवन्ध लगाउने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् । पार्टी सभापति देउवाको कार्यशैली र पार्टी सञ्चालन पद्धतिमै प्रश्न उठाउँदै काग्रेस नेता शेखर कोइराला लगायत नेताहरुले सार्वजनिक मञ्चमै आलोचनामा उत्रिएपछि त्यसलाई लगाम लगाउन देउवाले यस्तो रणनीति अख्तियार गर्न खोजेका हुन् ।

उनले पार्टीको नियमावलीमै यस्तो ब्यवस्था गर्न खोजेपछि काग्रेसमा विवाद निम्तेको छ । पार्टी नियमावलीको नियम २७ को (च)मा पार्टीको नीति, सिद्धान्तमा आघात पर्ने वा पार्टीको मान प्रतिष्ठा र इज्जतमा आँच पुग्ने खालका सार्वजनिक अभिब्यक्ति दिएमा वा कुनै पनि माध्यमवाट लेख, रचना वा अन्य सामाग्री प्रकाशित गरेमा अनुशासनको उल्लंघनमा कारवाही हुने ब्यवस्था छ ।

आचारसंहिता सम्बन्धी ब्यवस्थामा पनि पार्टीको प्रतिष्ठानमा हानी पुग्ने गरी सार्वजनिक स्थलमा पार्टीको आन्तरिक विवादलाई अमर्यादित चर्चाको विषय बनाउन नहुने, पार्टीको विद्यान वमोजिम अधिकार प्राप्त निकाय वा अधिकारीले गरेको निर्णय वा निर्देशनको पालना गर्नुपर्ने जस्ता प्रावधान समेटेर नियमावली आएको छ ।

पछिल्लो चरण सार्वजनिक मञ्चहरुबाटै सभापति देउवाको कार्यशैलीको काग्रेसभित्र नेताहरुले आलोचना गर्ने क्रम रोकिएको छैन । त्यसपछि पनि देउवाले आफुमाथी नेताहरुको आलोचनालाई लगाम लगाउने र सार्वजनिक रुपमा अभिब्यक्ति दिदै हिडनेलाई कारवाहीको भागीदार बनाउन खोजेका हुन् ।

नियमावलीमा यस्तो प्रावधान आएपछि संस्थापन इतर समुहले भने आफुहरुमाथी कारवाहीको फन्डा चलाउनका लागि देउवाले जानीबुझी यस्तो प्रावधान सहितको नियमावलीमा ब्यवस्था गर्न खोजेको आशंका गरेका छन् ।

लेवी, अनुशासनको कारवाही लगायतका विषयमा संस्थापन र संस्थापन इतर समुहको विवादका बीच नियमावली संसोधन गर्ने शर्तमा हिजो आइतबारको केन्द्रीय समिति बैठकले नियमावली भने पारित गरेको छ ।

देउवाको पछिल्लो पटक कट्टर आलोचकका रुपमा डा शेखर कोइराला लगायत नेताहरु देखा परेका छन् । कोइरालाले त सभापतिले पार्टी हाक्नै नजानेको , गुटबन्दी गरेको जस्ता आरोप लगाउँदै आएका थिए ।

देउवाले नियमावली मार्फत लगाउन खोजेको लगामले नीति सिद्धान्तबारे पार्टीमा बहस, छलफल नै गर्न नपाइने भए पार्टी परिवर्तनको पक्षमा जानै नसक्ने धारणा राख्दै आएका छन् ।

अब बैठक साउन ७ गते बस्ने गरी स्थगित भएको छ । देशमा बाढी पहिरोले जनजीवन प्रभावित पारिरहेको बेला बैठक केही समय पछि सार्दा केही नबिग्रने भन्दै उद्धार र राहतमा जुटनुपर्ने काग्रेस नेता सिटौलाले बैठकमा प्रस्ताव राखेपछि काग्रेसले वैठक ७ साउनसम्म स्थगित गरेको नेता उमाकान्त चौधरीले बताए । 

प्रतिक्रिया दिनुहोस