काठमाडौं । केही दिन यतादेखिको लगातार वर्षा आज पनि जारी रहने जल तथा मौसम विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरुमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । आज दिउँसो पूर्वी, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबार राति पनि पूर्ण बदली रही मुलुकका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ । सोमबार राति पश्चिमी, मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टा देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
यसको कारण देशको पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराइमा बहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । त्यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
यसैगरी मंगलबार दिउँसो बदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।
बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । त्यस्तै बुधबार राति भने देशभर बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको पूर्वी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा हुने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०७६, ०७ : २८
लेखकबाट थप