भारतलाई सरापेर हुँदैन, नेपाल सरकारकै कारण रौतहट डुबानमा परेको हो : अनिल झा

सफल खबर संवाददाता

शनिबार, २८ असार २०७६, १७ : २६
भारतलाई सरापेर हुँदैन, नेपाल सरकारकै कारण रौतहट डुबानमा परेको हो : अनिल झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारकै कारण रौतहट डुबानमा परेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाए ।

झाले भने, ‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन ।’

उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढी पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने ‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’

प्रतिक्रिया दिनुहोस