एजेन्सी । हाम्रो व्यस्थ दैनिकी, अनेक तनाब, दिनभरको काम र थकानले हाम्रो स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । ती मध्य धेरैलाई सताउने समस्या भनेको टाउको दुखाई पनि हो । हामी मध्य धेरैलाई टाउको दुखने समस्याले बारम्बार सताइरहेको हुन्छ ।
हामी मध्य धेरैले टाउको दुखाई कम गर्न बजारमा पाइने विभिन्न किसिमका औषधीहरु प्रयोग गर्ने गछौं । तर हामीले हाम्रो भान्सामा पाइने सामग्रीको प्रयोग गरी घरेलु तरीकाले पनि यसको उपचार गर्न सक्छौं । यस्ता सामग्रीको प्रयोग गरि हामीले सजिलै टाउको दुखाईबाट मुक्ति पाउन सक्छौं । ती उपायहरु निम्न छन्
– टाउको दुखाइका लागि ल्वाङ र नुनको मिश्रण एकदमै फाइदाजनक हुने गर्छ । तपाइले ल्वाङको धुलो र नुनलाई दुधमा हालेर पिउने गर्नु भयो भने यसले केहि छिनमा नै तपाईको टाउको दुखाइ कम गर्छ ।
– कागती र तातो पानीको सेवनले पनि टाउको दुखाई कम गर्न सकिन्छ । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।
– तपाईको चिया खाने बानी छ भने चियामा कागतीको दुई चार थोपा राखेर खान सक्नु हुन्छ जस्ले गर्दा तपाईको टाउको दुखाई कम हुन्छ ।
– टाउको दुखाईमा अदुवा र तुलसीको प्रयोग एकदमै लाभदायक मानिन्छ । तपाईलाई टाउको दुखिरहेको छ भने तुलसीको पात र अदुवा पिनेर त्यसको लेप टाउकोमा लगाउन सक्नु हुन्छ । जसले गर्दा तपाईको टाउकोलाई दुखाईबाट राहत मिल्छ ।
(तपाईको घरमा ल्वाङको तेल छ भने ल्वाङको तेल लगाएर केहि समय टाउको मालिस गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईको टाउकोर्ले मसाज पाउछ र दुखाई पनि कम हुन्छ ।
प्रतिक्रिया दिनुहोस