काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिले बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आफ्नै निवास बालुवाटारमा मन्त्रीहरुलाई बिहानको खाना समेत खाने गरी मन्त्रिपरिषद्को बैठक वोलाएपछि किन एकाबिहानै प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक वोलाए भन्ने जिज्ञासा सर्वत्र उठेको छ ।
सोमबार साँझ ४ बजे पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठक लगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शित्तल निवास पुग्नु, मंगलबार बिहानै बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बोलाइनुले प्रधानमन्त्रीले केही नयाँ स्टेप चाल्दै त छैनन् भन्ने अनेक चर्चा पनि चले । तर प्रधानमन्त्री कार्यलयले सोमबारकै मन्त्रिपरिषद् बैठकको एजेण्डा छलफलमा बाँकी नै रहेकोले स्थगित बैठककै निरन्तरताका लागि मात्र आज बिहानको मन्त्रिपरिषद् बैठक बोलाईएको बताएको छ ।
‘सोमबार मन्त्रिपरिषद बैठकमा छलफलका लागि रहेका एजेण्डामा छलफल बाँकी नै रहेकोले आज बिहान त्यसैको निरन्तरताका लागि बैठक बोलाईएको हो,’प्रधानमन्त्री निकट स्रोतले भन्यो, –‘यो सामान्य बैठक हो । तरंगित भईरहनु पदैन ।’
सोमबार प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल बीच बालुवाटारमा छलफल हुनु, दिउँसो ४ वजे मन्त्रिपरिषद बैठक बस्नु , लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नु र आज बिहानै वालुवाटारमा मन्त्रिपरिषद्को बैठक वोलाउनुले प्रधानमन्त्रीले केही नयाँ स्टेप चाल्दै पो छन की भन्ने आशंका भने मानिसहरुका बीचमा नजन्माएको होइन ।
कतै प्रधानमन्त्रीले मंगलबार नै मन्त्रिपरिषद् हेरफेरको तयारी पो गर्दैछन् की भन्ने प्रश्न पनि अहिले उठिरहेको छ । तर प्रधानमन्त्री निकट स्रोतले त्यस्तो कुनै योजना नरहेको बताएको छ ।
‘त्यस्तो योजना आजै(मंगलबार)का लागि छैन’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,–‘सोमबार प्रधानमन्त्रीले राष्ट्रपतिसँग नियमित भेटघाटका लागि समय लिईसक्नु भएको थियो । मन्त्रिपरिषद बैठक चलिरहेकै बेला प्रधानमन्त्रीले लिएको समय भएपछि प्रधानमन्त्रीले बैठक भोलि बिहानै बस्यौं, अहिले म राष्ट्रपतिसँग भेट गर्न जानु छ भनेर जानुभएकोले त्यही बैठकका छलफल एजेण्डामा छलफल गर्न अहिले बिहान बैठक बोलाईएको हो ।’
राष्ट्रपति कार्यलयले पनि प्रधानमन्त्रीसँगको सोमबार साँझको भेट नियमित प्रक्रिया अन्र्तगतको भेटघाट मात्र भएको प्रष्टिकरण दिएको छ । ‘बाहिर के हल्ला छ थाहा छैन, तर उहाँहरुको भेटघाट नियमित हो,’– राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
बजार हल्ला चाही यस्तो
प्रधानमन्त्रीको सोमबार दिनभरको भेटघाट र मंगलबार बिहानै पून मन्त्रिपरिषद बैठक आह्रवान लाई लिएर बजारमा भने अनेक टिप्पणी र चर्चा चलेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद हेरफेर गर्न लागेको, त्यसको जानकारी राष्ट्रपतिलाई गराएको र मंगलबारको मन्त्रिपरिषद् बैठकमा बिदाई हुने मन्त्रिहरु समेतलाई राखेर प्रधानमन्त्रीले हेरफेरका विषयमा जानकारी दिन लागेको जस्ता चर्चा चलेका छन् ।
बजारमा त्यस्तो हल्ला चलेपनि नयाँ मन्त्रिहरुको सपथ ग्रहणका लागि राष्ट्रपतिसँग कुनै समय भने नलिएको बुझिएको छ । ‘मन्त्रीपरिषद हेरफेर गरेर नयाँ मन्त्रिहरुको सपथ ग्रहण गर्ने हो भने तयारीका विषयमा हामीलाई जानकारी आउथ्यो तर त्यस्तो केही पनि जानकारी हामीलाई छैन,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
तर जे होस्, मन्त्रिपरिषद बैठकमा अघिल्लो दिनकै निरन्तरतामा दुई दिन बैठक बस्न लागेको सम्भवत नेपालमा पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०७६, ०७ : १०
लेखकबाट थप