तालिबान कमाण्डर मारिए

शनिबार, १३ माघ २०७४, १३ : ०१
तालिबान कमाण्डर मारिए

कुन्दुज । अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर मारिएको समाचार छ ।

प्राप्त समाचारअनुसार शुक्रबार उक्त समूहले गरेको स्थलगत कारबाहीका क्रममा ती कमाण्डर मारिएका हुन् । ममताज नामका ती कमाण्डरसँग उनका दुई जना अंगरक्षक र अरु दुई लडाकू पनि मारिएका बताइएको छ ।

त्यस कारबाहीका क्रममा अरु केही लडाकू घाइते पनि भएका छन् । कुन्दुज प्रान्तको चाहल चिनल क्षेत्रमा भएको कारबाहीका क्रममा उनीहरु मारिएका हुन् ।

ममताज तालिबान आतङ्ककारी संगठनको केन्द्रीयस्तरका कमाण्डर रहेको खुलेको छ । सो समाचार अफगान सेनाका एकजना अधिकारीले दिएका छन् ।

कुन्दुजमा पछिल्लो समयमा यहाँको सुरक्षा निकायले तालिबानका विरुद्धमा कडा कारबाही जारी राखेको छ । यसअघि पनि गतहप्ता मात्र सोही प्रान्तमा तालिबानका एक क्षेत्रीय स्तरका कमाण्डर मारिएका थिए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस