चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री केपी ओलीको विकल्प खोजेको बताउनुभएको छ ।
आज भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले समृद्धिको बाटोतर्फ सरकार नलागेको हुनाले देशले नै प्रधानमन्त्री ओलीको विकल्प खोजेको बताउनुभयो ।
देशमा सुशासन हराएको र भ्रष्टाचार मौलाएको उहाँको भनाइ थियो । नेता पौडेलले देश संकटमा फस्दै गएको बताउनुभयो । पार्टीको महाधिवेशन समयमै सक्नु पर्नेमा नेता पौडेलले जोड दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘महाधिवेशन समयमै सक्नुपर्छ, ढिला गर्नुहुँदैन ।’
उहाँले आउँदो महाधिवेशनमा नेतृत्वमा आफ्नो उपस्थिति रहने या नरहने भन्ने विषयमा केही खुलाउनुभएन । उहाँले भन्नुभयो, ‘व्यक्तिको कुरा अहिले नगरौँ, व्यक्ति जोकोही हुन सक्छ, सबैभन्दा ठूलो कुरा पार्टी सुधारको खाँचो छ ।’
सरकारले विपक्षलाई चिढ्याउने काम गरेको उहाँको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०७६, ११ : २२
लेखकबाट थप