प्रचण्डलाई हरिबोल गजुरेलका चार सुझाव

प्रचण्डको जवाफ : ‘सुझाव राम्रा छन्, सकभर कार्यान्वयन प्रयास गर्छु’

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, ०७ : ४४
प्रचण्डलाई हरिबोल गजुरेलका चार सुझाव

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफ्नै पार्टीका एक स्थायी समिति सदस्यले दैनिक रुटिङमा केही ब्यवस्थापन गर्न सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डलाई निकट रहेर सहयोग पु¥याउँदै आएका स्थायी समिति सदस्य हरिबोल गजुरेलले उनलाई भेटेरै त्यस्तो सुझाव राखेका हुन् ।

सुझाव १ : बिहान १० बजेसम्म भेटघाट बन्द गर्नुहोस

गजुरेलले अध्यक्ष बिहान देखि अबेर रातीसम्म भेटघाट, पार्टी कार्यक्रम लगायतका कारण असाध्यै ब्यस्त रहनु परेपछि बिहान १० बजेसम्मको भेटघाट बन्द गर्न सुझाएका हुन् ।

आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न भन्दै उनले प्रचण्डलाई बिहानको समय अध्ययन गर्न, शारीरिक ब्यायाम गर्न र परिवारलाई समय दिन सुझाव दिएका हुन् ।

प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ्य रहेका कारण पनि उनलाई समय दिने, आफ्नै शरीरको ख्याल गर्नका लागि पनि ब्यायाममा ध्यान दिन नेता हरिबोलले सुझाव दिएका हुन् ।

२) भेटघाट आफैं बोलाएर गर्नुहोस्

नेता कहाँ मान्छेहरु अनेक रुची र स्वार्थ लिएर दैलो चाहार्ने परम्परा नौलो होइन । अझ प्रभावशाली राजनीतिक दलका नेताका घरदैलोमा स्वार्थी समुह अनेक तिकडम लगाएर भेट्न पुग्ने र आफ्ना काम गर्नका लागि प्रेसर बढाउने खालका हुन्छन् । यसबाट सचेत हुनुपर्ने नेता हरिबोल गजुरेल (शित्तलकुमार) ले प्रचण्डलाई सुझाव राखेका छन् । भेट्न आउनेहरुका आफ्नै इन्टेस्ट ÷प्रायोजित इन्टेष्ट बोकेर नेता कहाँ पुगेका हुन्छन् । तर, त्यस्तो भेटघाटलाई कम गरेर आफुलाई भेट्नै पर्ने ब्यक्तिलाई आफैले बोलाएर भेट्ने गरेमा त्यहाँ स्वार्थ समुहको इन्टेष्ट देखिदैन । त्यसकारण पनि आफैले भेटनुपर्ने मान्छेलाई बोलाएर भेट्ने गरेमा त्यसबाट बुझनु पर्ने रिपोर्ट पनि केही हदसम्म सही आउने र आफ्ना काम र योजना अगाडी बढाउन पनि सहज हुने बुझाई नेता गजुरेलको छ ।

३) आफैं योजना बनाउनुहोस्

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भईसकेका ब्यक्ति जसले जहा जुनकुनै कार्यक्रममा बोलाउँछन, त्यही जाने होइन । आफैले बनाएका योजनामा जाने र चल्ने गर्नुपर्छ । कस्ता कार्यक्रममा जाने÷नजाने भन्नेमा विशेष ख्याल पु¥याउनु पर्छ । सामान्य स्तरका कार्यक्रममा नजाने , बरु त्यस्ता ठाउँमा पार्टीकै अन्य नेतालाई परिचालन गर्ने तर महत्वपूर्ण नगई नहुने कार्यक्रममा मात्र सहभागिता जनाउने काम अध्यक्षले गर्नुपर्छ ।

वरु आफैले कार्यक्रम बनाएर जानुपर्छ । ४० प्रतिशत बोलाएका कार्यक्रममा गएपनि ६० प्रतिशत भने आफैले योजना बनाएर जाने काम गर्नुपर्छ ।  गजुरेल भन्छन्, –‘अध्यक्षले देशभरका पार्टी कमिटिसँग जोडिरहने, नेता कार्यकर्ता र जनतासँग जोडिरहनु पर्छ । त्यसका लागि आफैले ल म यो दिन यहाँ आउुछु, यस्तो कार्यक्रम राख्नुस्, यसो गर्नुहोस भनेर आफैले योजना दिनुपर्छ । त्यस्ता कार्यक्रममा जानुपर्छ । अन्यले बोलाउने कार्यक्रममा भने कार्यक्रम हेरेर मात्र नगई नुहनेमा मात्र जानुपर्छ , अन्यमा अन्य नेताहरुलाई परिचालन गर्दा राम्रो हुन्छ ।’

४) दैनिक १० जना तल्ले तहका नेता कार्यकर्तासँग फोनमा कुरा गर्नुहोस्

आफुलाई भेट्न आउने र उनीहरुले ल्याउने रिपोर्ट वास्तविकतामा आधारित नहुन पनि सक्छ । रिपोर्ट बुझाउनेले आफनो रुची अनुसार रिपोर्ट नेतृत्वलाई गराउन सक्ने खालको हुन सक्छ । तल्लो तहको वास्तविक रिपोर्ट त्यही आफुलाई सुनाउन आउनेको रिपोर्टका आधारमा धारणा बनाउन सकिने जोखिम पनि हुन्छ । यसो गर्दा न्याय गर्नुपर्नेलाई अन्याय र स्वार्थी समुहको स्वार्थ हावी हुन सक्छ । यसमा नेतृत्वले सजगता अपनाउनु पर्ने गजुरेलको सुझाव छ । ‘अध्यक्ष आफैले तल्लो तहका नेता कार्यकर्तालाई फोन गरेर त्यहाँको वास्तविकता बुझ्न दैनिक १० जना जति नेता कार्यकर्तालाई टेलिफोन गर्दा वास्तविक रिपोट बुझ्न सकिन्छ । तलका नेता  कार्यकर्ता पनि अध्यक्षले सम्झनु भयो भनेर खुसी हुन्छन्, सही डाटा पनि आउँछ’ गजुरेलले भने ।

कहिले गरे यस्तो सुझाव ?

नेकपा स्थायी समिति सदस्य तथा सिन्धुलीका जनप्रतिनिधी गजुरेलले अध्यक्ष प्रचण्डलाई बलियो बनाउनका लागि अध्यक्षले आफ्नो दैनिक ब्यवस्थापनमा पनि केही परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले अध्यक्षलाई रिफ्रेसमेन्ट गर्नका लागि सिन्धुलीमा ¥याफटिङमा लैजाँदा पहिलो पटक यस्तो सुझाव राखेका थिए ।

त्यस्तै प्रचण्ड निवास खुमलटारमा अर्का एक नेतालाई पनि साक्षी राखेर उनले यस्तो सुझाव राखेको उनले बताए । ‘अहिले अध्यक्षले आफ्नो केही दैनिक रुटिङमा केही ब्यवस्थापन गर्नुपर्ने र कार्य सम्पादन सही ढंगले गर्ने र नेता कार्यकर्तासँग जोडिरहनका लागि मैले सुझाव दिएको हुँ’ गजुरेलले भने,–‘अध्यक्षले सुझाव राम्रा छन्, कार्यान्वयन गर्ने प्रयास गर्छु भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस