तत्कालिन नयाँ शक्तिमा रहेका पूर्वमन्त्री कल्पना धमलासहितका नेता नेकपा प्रवेश

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १५ : ३३
तत्कालिन नयाँ शक्तिमा रहेका पूर्वमन्त्री कल्पना धमलासहितका नेता नेकपा प्रवेश

काठमाडौं । डा. बाबुराम भट्टराईको साथमा रहेका तत्कालिन नयाँ शक्ति पार्टी नेपालका नेता एवं पूर्वमन्त्री कल्पना धमला, देवेन्द्र पराजुली र मनु हुमागाईंसहित २० भन्दा बढी नेता–कार्यकर्ता नेकपा प्रवेश गर्ने भएका छन् ।

बिहीबार नेकपा मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने नेकपाले जनाएको छ । 

“हामी नेकपा प्रवेश गर्ने पक्कापक्की भएको छ, बाँकी कुरा पार्टी प्रवेशपछि खुलस्त पार्नेछौँ,” देवेन्द्र पराजुलीले भने । 

धमला तत्कालिन नयाँ शक्ति पार्टीकी केन्द्रीय महिला संगठनकी अध्यक्ष थिइन् । साथै उनी डा. बाबुराम भट्टराईको क्याबिनेटकी विज्ञान तथा प्रविधिमन्त्री थिइन् ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच सम्मानजनक एकता नभएको भन्दै उनीहरू समाजवादी पार्टीमा गएका थिएनन् । 
 

प्रतिक्रिया दिनुहोस