काठमाडौं । काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस र हायस एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।
मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।
घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउकोमा चोट लागी गम्भिर घाइते भएका छन् । चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ । दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०७६, ०८ : ४४
लेखकबाट थप