राष्ट्रपतिद्धारा ३ राजदूतलाई नियुक्ति

शुक्रबार, १२ माघ २०७४, १६ : ११
राष्ट्रपतिद्धारा ३ राजदूतलाई नियुक्ति

काठमाडौं । राष्ट्रपति भण्डारीले शुक्रबार तीन राजदूत नियुक्त गरेकी छन् । ऋषिराम घिमिरेलाई रुसी महासंघ, झविन्द्रप्रसाद अर्यालललाई इजिप्ट र कालीप्रसाद पोखरेललाई क्यानडाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

घिमिरेले काजकस्थान, अर्यालले जोर्डन र पोखरेलले जमाइकाको गैर आवासीय राजदूतको रुपमासमेत काम गर्नुपर्नेछ । राजदूतका लागि सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस