मुग्लिङ र जुगेडीमा डोजरसहितको प्रहरी टोली

सफल खबर संवाददाता

आइतबार, १५ असार २०७६, १४ : ५८
मुग्लिङ र जुगेडीमा डोजरसहितको प्रहरी टोली

चितवन । वर्षा लागेसँगै मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो आई सडक अवरुद्ध हुँदा यात्रीहरुले सास्ती भोग्नु परेको छ । विगतको यही समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले ईलाका प्रहरी कार्यालय मुग्लिङ र प्रहरी चौकी जुगेडीमा डोजरसहितको प्रहरी टोली खटाएकोे छ । 

यस पटकको वर्षामा यात्रीहरुले विगतको जस्तो सास्ती भोग्नु नपर्ने जिल्ला प्रहरी कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । कार्यालयका अनुसार यो सडकखण्डमा कहीँ कतै पहिरो गएमा पहिरो हटाई अवरुद्ध भएको सडकलाई तत्कालै सुरु गर्न र दुर्घटनामा तत्कालै उद्धार गर्ने उद्देश्यले टोली खटाइएको हो । दुवै कार्यालयमा प्रहरी नायब निरीक्षकको कमाण्डमा ५–५ जना प्रहरी खटाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस