मापसे गरेर कार चलाउँदा  ‘भयानक’ दुर्घटना

सफल खबर संवाददाता

शनिबार, १४ असार २०७६, १० : २३
मापसे गरेर कार चलाउँदा  ‘भयानक’ दुर्घटना

काठमाडौँ । काठमाडौँमा एक कार दुघर्टनामा परेको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर जमलमा दुर्घटनामा परेको हो । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ ।

ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने नभएको बताइएको छ ।  कुमारीपाटीस्थित मच्छिन्द्र आयल स्टोरका संचालक डिए दवल श्रेष्ठको कार रहेको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए । दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस