नेपाली काँग्रेसका लोकतन्त्रवादी खोइ ? नारायणकाजी श्रेष्ठ

शुक्रबार, १२ माघ २०७४, १४ : २८
नेपाली काँग्रेसका लोकतन्त्रवादी खोइ ? नारायणकाजी श्रेष्ठ

चितवन । माओवादी नेता नारायाणकाजी श्रेष्ठले सरकारका पछिल्ला निर्णयले देशलाई संकटमा धकेलेको बताएका छन् ।

नारायणकाजीको ट्वीटमा छ
देउवा सरकारले हालै गरेका मुलुकलाई दीर्घकालिन असर पार्ने निर्णयहरुले लोकतन्त्रको हदै उपहास गर्यो। सरकारले बजेटमा समाबेश नगरी गर्नै नमिल्ने र नयाँ जनादेश आईसकेपछिको काम चलाउ सरकारले गर्नै नमिल्ने निर्णय मात्र गरेन,आर्थिक अराजकता र सङ्गकटमा देशलाई धकेल्यो। नेकाका लोकतन्त्रबादी खोइ ?

बुधवार बसेको मन्त्रीपरिषद् वैठकले सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको थियो ।

सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको थियो ।
बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तामालाई समेत बढाउने निर्णय गरेको छ । त्यसैगरि यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेर संख्यालाई सरकारले घटाएको थियो । सरकारले अब ६५ वर्षको उमेर भन्दा बढीलाई बृद्ध भत्ता दिने निर्णय गरेको थियो ।
सरकारको यी निर्णयलाई लिएर बामगठबन्धनले आलोचना गरेको छ । हिजो मात्र एमालेले पत्रकार सम्मेलन गरेर सरकारी निर्णय विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस