आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवर पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, १४ : ५४
आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवर पक्राउ

काठमाडौँ । आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । 

कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही दिन अघि राजधानीको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस