मोटरसाइकल ठोक्किदा भरतपुरमा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १२ असार २०७६, ०८ : ३५
मोटरसाइकल ठोक्किदा भरतपुरमा दुई जनाको मृत्यु

चितवन । मोटरसाइकल दुर्घटनामा परि चितवनमा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१८ का १७ वर्षिय राजन भट्ट र सोही ठाउका २८ वर्षिय रामचन्द्र गौडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

भरतपुर–१८ भेटघाट चोकस्थित बाबुराम चोकबाट भेटघाट चोकतर्फ गइरहेको ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फ जाँदै गरेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल चालक उनिहरु दुबै जना गम्भीर घाइते भएका थिए ।

उनिहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरिले जनाएको छ । बुधबार साँझ साढे ६ बजे भएको सो दुर्घटनामा परि घाइते भट्टको साझ ७ बजे र गौडालको पौने ८ बजे मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस