चेङदु । चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।
सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार शनिबार राति १०.२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ असार २०७६, १५ : २२
लेखकबाट थप