नेपालगञ्जमा प्रदेश ५ को राजधानी हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्छु : प्रचण्ड

विहीबार, ११ माघ २०७४, १७ : ३८
नेपालगञ्जमा प्रदेश ५ को राजधानी हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्छु : प्रचण्ड

नेकापा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा प्रदेश ५ को राजधानी हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्ने बताए छन ।

नेपालगन्जमा आयोजित प्रथम प्रादेशिक महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले  नेपालगञजलाई राजधानी बनाउन पहल गर्ने बताएका हुन ।  नेपालगञज बासीले प्रचण्डलाई राजधानीको माग गर्दै ज्ञापन पत्र बुझाइएका थिए ।

उनले राजधानी जहाँ भएपनि मन्त्रालय र ठूला कार्यालय विभिन्न ठाउँमा राख्नुपर्ने बताए । प्रचण्डले भने भोलि नेपालगञ्ज नै राजधानी भयो भने पनि सबै अफिस नेपालगञ्जमा हुनु हुँदैन । समानुपातिक वितरण हुनुपर्छ ।’

अहिले तोकिएको राजधानी कामचलाउ मात्र हो यसलाई प्रदेशसभाले पछि अन्त पनि सार्न सक्ने बताए ।  प्रचण्डले भने, ‘राजधानी नहुनासाथ अफिसहरु सार्ने कामको म विरोध गर्छु ।’ नेपालगञ्ज राजधानी नभए मन्त्रालय र ठूला कार्यलय राख्न पहल आश्वासन दिए ।

कार्यक्रममा प्रदेश सांसदसहितका वक्ताहरुले नेपालगञ्जलाई प्रदेश राजधानी बनाउनु पर्ने माग गरेका थिए । साथै बुटवललाई अस्थायी मुकाम तोक्नासाथ नेपालगञ्जमा रहेको अफिसहरु सार्न खोजिएको भन्दै त्यसो भए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस