प्रहरीको गोली लागि विप्लव समूह सर्लाहीका जिल्ला इञ्चार्ज पौडेलको मृत्यु

विहीबार, ०५ असार २०७६, १५ : ५९
प्रहरीको गोली लागि विप्लव समूह सर्लाहीका जिल्ला इञ्चार्ज पौडेलको मृत्यु

काठमाडौं । प्रहरीको गोली लागि विप्लव समूह सर्लाहीका  जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार थिए । घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ ।

पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस