काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हालै ल्याएको सबै खालको विधेयक कुनै हालतमा नमान्ने बताउनुभएको छ ।
आज संसदमा आफ्नो धारणा राख्दै सभापति देउवाले गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकारसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय सुरक्षासम्बन्धी विधेयक, गुठी विधेयक संविधान विरोधी रहेको हुनाले यसलाई जुनसुकै हालतमा फिर्ता लिन सरकारलाई चुनौती दिनुभयो ।
सरकारले प्रतिपक्षीलाई हेप्ने र बलमिच्याइँ गर्ने काम गरेको उहाँको आरोप थियो । मंगलबार आफूलाई प्रधानमन्त्री अघि बोल्न नदिएर संसदको प्रतिपक्षीको हुने अन्तर्राष्ट्रिय मान्यता मिचिएको उहाँको ठहर छ।
देउवाले भन्नुभयो, ‘हिजो मैले समय मागिसकेको थिएँ। प्रमले मेरो जवाफ दिन पाउनुहुन्थ्यो। जहाँ पनि संसद प्रतिपक्षीको हुन्छ।’ आफूले बोल्दा प्रधानमन्त्री ओलीलाई बोल्न सजिलो हुने भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्री बोल्ने भएपछि बोल्न पाइन्न भनियो। यस्तो पनि हुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०७६, ११ : ५१
लेखकबाट थप