काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का व्यस्त नायिका हुन् । स्वस्तिमा र निश्चल बस्नेतको फिल्म ‘घामट शेरे’ प्रदर्शनको तयारीमा छ । भर्खरै भारतीय कम्पनी स्ट्रिक्सको कार्यक्रममा ‘शो स्टपर’ भएर गएकी थिइन् । उनीसँग नयाँ पत्रिकाका नवीन प्यासीले ब्रान्ड संवाद गरेका छन् :
तपाईंले पहिले कहिल्यै स्ट्रिक्सको उत्पादन प्रयोग गर्नुभएको थियो ?
सानैदेखि गरेको हुँ । त्यो वेला नौ–दश कक्षामा पढ्दै थिएँ । त्यो वेलादेखि अहिलेसम्म लगातार प्रयोग गर्दै आएको छु । विशेषगरी कपालको केयरका लागि प्रयोग गर्ने गर्छु ।
त्यो वेला कसैको सुझाबमा कि आफ्नै सुरमा किन्नुभएको थियो ?
अरूको सुझाबका कारण किनेको होइन । तर, स्ट्रिक्सको नाम पहिलादेखि नै सुन्दै आएको थिएँ । ठूलो भारतीय ब्रान्ड हो भन्ने थाहा थियो । अरू त थाहा थिएन । हुन त म ब्रान्ड कन्सस छैन । आफूलाई जे सहज लाग्छ त्यही प्रयोग गर्छु ।
ब्रान्ड कन्सस नभई कसरी एउटै सामान निरन्तर प्रयोग गर्नुभयो ?
वास्तवमै म ब्रान्ड कन्सस छैन । जुत्ता, कपडामा यही नै प्रयोग गर्छु भन्ने छैन । जुन सजिलो र सहजजस्तो लाग्छ, त्यही प्रयोग गर्छु । मैले प्रयोग गरेका सामानले कम्तीमा मलाई सहज महसुस गराओस् । आफूलाई फिट पनि देखाउनुपर्यो र सुहाउनु पनि पर्यो । तर, कपाल र अनुहारमा भने निकै कन्सस छु । अनुहार र कपालका लागि ब्रान्ड नै खोज्ने गर्छु । त्यही भएर पनि मैले स्ट्रिक्सको उत्पादन लगाउने गरेको ।
म कपाल र अनुहारप्रति निकै कन्सस छु । अनुहार र कपालका लागि ब्रान्ड नै खोज्ने गर्छु । त्यही भएर पनि मैले स्ट्रिक्सको उत्पादन लगाउने गरेको ।
अनुहार र कपालमा मात्रै ब्रान्ड कन्सस किन नि ?
कपाल र अनुहार जोगाउन मन पर्छ । जोगाउनुपर्छ भन्ने पनि लाग्छ । यी कुरा नै हो मानिसले झट्ट हेर्दा देख्ने । सुन्दर देखिनका लागि पनि यी दुई चिजको ठूलो भूमिका हुन्छ । नयाँ पत्रीका
प्रतिक्रिया दिनुहोस