फेसन ट्रेन्ड : गर्मीमा कम्फर्टेबल सेतो कुर्ती

सोमबार, ०२ असार २०७६, १० : ३९
फेसन ट्रेन्ड : गर्मीमा कम्फर्टेबल सेतो कुर्ती

काठमाडौँ । फर्मल र इन्फर्मल सबै कार्यक्रममा कुर्ती प्रयोग गर्न सकिन्छ । फर्मलका लागि सेतो कुर्ती र पाइन्ट वा लेगिन्स उपयुक्त हुन्छ ।

गर्मी लागेसँगै हलुका शीतल कपडाको ट्रेन्ड बढ्छ । गर्मी मौसममा विभिन्न रङका हलुका कपडा उत्तम मानिन्छ । अलि खुकुलो डिजाइनका कपडा गर्मीमा जो–कोहीको रोजाइमा पर्छ । 

विशेषगरी, युवतीका लागि यतिवेला सेतो कुर्ती फेसन ट्रेन्डमा छ । विभिन्न डिजाइनका सेतो कुर्ती लगाउँदा सहज हुनुका साथै शीतल अनुभूति हुन्छ । व्यक्तित्व पनि कुल र स्मार्ट देखिन्छ । कुर्तीलाई  इच्छाअनुसार पहिरिन सकिन्छ । जस्तै, जिन्स, लेगिन्स अथवा कलरफुल सलवारसँग आफ्नो रोजाइअनुसार प्रयोग गर्न सकिन्छ । 

यतिवेला धेरै युवतीलाई सेतो कुर्तीमा सजिएको देख्न सकिन्छ । हिजोआज ठाउँ र मौसमअनुसारको पहिरनमा आफूलाई प्रस्तुत गर्न सिपालु युवापुस्ता प्रशस्तै छन् । पहिरनप्रति सचेत नहुने समूह ज्यादै थोरै छन् । फर्मल र इन्फर्मल सबै कार्यक्रममा कुर्ती प्रयोग गर्न सकिन्छ । फर्मलका लागि सेतो कुर्ती र पाइन्ट वा लेगिन्स लगाउन सकिन्छ । सामान्य भोजतिर जाँदा कलरफुल सलवारसँग लगाउन सकिन्छ । इन्फर्मलका लागि सादा अथवा ग्रन्च जिन्स लगाउँदा उत्तम हुन्छ । डिजाइनमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । कहाँ जाँदा प्रयोग गर्ने भन्ने विषयमा सचेत हुनुपर्छ । –नया पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस