काठमाडौं । मलाई ब्युटी प्रोडक्ट एकदमै धेरै किन्न मन लाग्छ । आफ्नो हुँदाहुँदै पनि कसैले ‘यो राम्रो छ’, भन्यो भने किनिहाल्ने बानी छ । ब्युटी प्रोडक्टबारेका रिभ्यु हेर्ने गर्छु । रिभ्यु हेर्नु उपयुक्त हो भन्ने लाग्छ । आफ्नो स्किनसँग मिल्ने भेटे तत्काल किनिहाल्छु ।
ब्युटी प्रोडक्टमध्ये सिरम र सनस्क्रिमका लागि धेरै खर्च र्छु । नेपालमा कमै किन्छु । विदेश गएको वेला प्रायः लिएर आउँछु । मेरो यो बानी सुधार्नुपर्छ भन्ने आफैँलाई लाग्छ । तर, सकिरहेकी छैन । कत्ति त डेटएक्स्पायर भएर पनि जान्छन् । यस्तो वेला आफंँलाई दुःख लाग्छ । अर्कोपटक यस्तो गर्दिनँ भन्छु, तर फेरि त्यस्तै हुन्छ ।
अस्ट्रेलियाबाट कस्मेटिक मात्रै मैले ८ सय डलरको लिएर आएकी थिएँ । त्यसमा सिरम, मोस्चराइजर, सनस्क्रिम, फाउन्डेसन र क्लिन्जर थिए । मलाई ब्युटी प्रोडक्टप्रति साँच्चै क्रेज छ । स्किनमा लापरबाही गर्न मन लाग्दैन । त्यसैले, बरु महँगो किन नहोस्, तर स्किनलाई असर नगर्ने किन्छु । किन्दाकिन्दै कति पैसा सकिन्छ पत्तो हुन्न । ब्युटी प्रोडक्टमा खर्च गर्न डर लाग्दैन ।
क्लिनिक्वी सनस्क्रिम र क्लिन्जर, क्वार्डियलको मोस्चराइजर, सिरम र टोनर, डिओर तथा म्यागको फाउन्डेसन अहिले मैले प्रयोग गरिरहेका प्रोडक्ट हुन् । मसँग विभिन्न ब्रान्डका कस्मेटिक छन् । यत्ति नै भन्ने याद छैन । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस