विक्रम पाण्डेलाई अर्को झड्का, अध्यक्षपछि जिल्ला सहसचिवसहित सयबढी युवा माओवादी प्रवेश

आइतबार, २६ कार्तिक २०७४, २० : ३६
विक्रम पाण्डेलाई अर्को झड्का, अध्यक्षपछि जिल्ला सहसचिवसहित सयबढी युवा माओवादी प्रवेश

शिवनगर(चितवन) । चितवन क्षेत्र नं. ३ को चुनाबी वातावरण झन रोचक मोडमा पुगेको छ । क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रत्यासी विक्रम पाण्डेको पार्टी राप्रपा प्रजातान्त्रिकका जिल्ला सहसचिव आनन्द ढकाल लगायत एक सय बढी नेता र कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

गतसाता मात्रै राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनासहित सयौं नेता र कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

चितवन महानगरपालिकाको वडा नं. १४ मा रहेको पार्टी सम्पर्क कार्यालयमा आइतबार साँझ आयोजित औपचारिक कार्यक्रमा नेता ढकालसहित एक सय बढी युवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

सहसचिव ढकालसहित भरतपुर महानगरपालिका वडा नं. १४, १५, १६, १७, १८, १९, २३ लगायतका स्थानीयस्तरका सक्रिय युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन । सहसचिव ढकालसहित नव प्रवेशी युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माला लगाएर स्वागत गरका थिए ।

नव प्रवेशीहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालले समृद्धिको नयाँ युगमा प्रवेश गर्न लागेकोले युवाहरुको पार्टी प्रवेशबाट नयाँ उर्जा प्राप्त हुने बताए ।

अध्यक्ष प्रचण्डले चितवनको निर्वाचनमा ठूलो संख्यामा युवा माओवादी प्रवेश गरेबाट आम जनतामा थप सकारात्मक सन्देश गएको बताउँर्दै विकसित चितवन र सम्बृद्ध नेपालका लागि निर्वाचनमा होमिन नवप्रवेशी नेता र कार्यकर्तालाई आह्वान गरे ।

चितवनको क्षेत्र नं. ३ बाट वाम गठबन्धनका साझा उम्मेदवारको रुपमा माओावादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिस्पर्धीका रुपमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे रहेका छन ।

घरदैलो अभियान तीब्र पारेका अध्यक्ष प्रचण्डले राप्रपाबाट यसरी ठूलो संख्यामा युवा माओवादी केन्द्रमा आएपछि समृद्धि र राष्ट्रिय एकता र समुन्नतिका लागि चितवनबाट देशभर नै सन्देश जाने बताए ।

प्रतिक्रिया दिनुहोस