पक्राउ परे महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, १७ : ५४
पक्राउ परे महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री

काठमाडौं । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ परेका छन् । 
विराटनगर घर भएका ज्योतिष अर्जुन क्षेत्रीलाई मंगलबार प्रहरीले गौशाला-सिनामंगलस्थित शारदा मावि छेऊबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । 
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । 

उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस